Section 15
राष्ट्रिय स्रोत संरक्षण आयोग
(१) नेपाल सरकारलाई भू तथा जलाधार संरक्षण सम्बन्धी विषयमा राय सल्लाह दिन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय स्रोत संरक्षण आयोग गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको राष्ट्रिय स्रोत संरक्षण आयोगको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।